Rule 50
बिभुषण (मानपदवी, अलङ्कार र पदक) वापत प्रदान गरिने अङ्कको निर्धारण
: (१) सशस्त्र प्रहरी कर्मचारीलाई हाल बहाल रहेको पदमा छँदा प्राप्त गरेको विभूषण वापत बढुवाको प्रयोजनको लागि बढीमा दुई अङ्क दिइनेछ।
(२) उपनियम (१) बमोजिम अङ्क दिँदा देहायको विभूषण वापत देहायको अङ्क दिइनेछ:–
(क) मानपदवी वापत – २ अङ्क,
(ख) अलङ्कार वापत – १.५ अङ्क, र
(ग) पदक वापत – १ अङ्क
(३) यस नियम बमोजिम विभूषण वापत अङ्क दिँदा संवत् २०६५ साल भन्दा पछि प्राप्त गरेका विभूषण वापत मात्र दिइनेछ ।